अब पलको इन्स्टाग्राममा रहिनन् आँचल शर्मा

विराटनगर, ३० फागुन । अभिनेता पल शाहले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आँचल शर्मालाई अनफलो गरेका छन् ।

अब पलको इन्स्टाग्रामको फलोइङ सूचीमा आँचलको नाम हटेको हो ।

आँचलले विवाह गरेसँगै पलको इन्स्टाबाट आँचल हटेको अनुमान लगाउन सकिन्छ ।

आँचल बिहीबार मात्र वैवाहिक जीवनमा बाँधिएकी थिइन् । उनले प्रेमी डाक्टर उदिप श्रेष्ठसँग एक वर्ष प्रेममा रहेपश्चात लगनगाँठो कसिन् ।

एक वर्षसम्म आफ्नो प्रेम लुकाएर राखेका यी जोडीले विवाह गरेसँगै पलले आँचललाई आफ्नो इन्स्टाग्रामबाट हटाएका हुन् । यसअघि बेला–बेला पल र आँचल सम्बन्धमा रहेको खबरहरू सुनिँदै आएका थिए ।

प्रायजसो म्युजिक भिडियोमा आँचलसँग एकसाथ देखिने पलले केही समय अगाडिसम्म नायिका आँचललाई पनि फलो गरेका थिए । यता, आँचलले पनि पललाई इन्स्टामा पछ्याएकी थिइन् ।

तर, अहिले पलले आँचललाई अनफलो गरेका हुन् ।

हाल पलले आफ्नो फलोइङ संख्या ७ बनाएका छन् । यसअघि उनले १० जनालाई फलो गरेका थिए । र, आँचलसँग उनले अन्य दुई जनालाई अनफलो गरेका छन् ।

Loading...