ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौं, ३० फागुन । नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ७८ हजार पाँच सय रुपैयाँमा झरेको हो ।

बिहीबार तोलामा आठ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदी तोलामा ४० रुपैयाँ घटेको छ । बिहीबार आठ सय ६० रुपैयाँ प्रतितोला रहेको चाँदी आज आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Loading...