पेस्तोल सहित तीन भारतीय पक्राउ

विराटनगर । प्रहरीले मोरङको सुनवर्सी नगरपालिका ८ हर्चनगढीबाट कटुवा पेस्तोल सहित तीन जनालाई प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत अररिया जिल्ला धर्मगन्ज बस्ने २१ वर्षिय अजय कुमार मण्डल, सोही स्थान बस्ने १८ वर्षिय आनन्द कुमार मण्डल र अररिया पलासीथाना अन्र्तगत बस्ने २१ वर्षिय राकेश कुमार साह रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।

प्रहरीले उनिहरुलाई हर्चनगढी स्थित मदिरा पसलमा मादकपदार्थ सेवन गरी शंकास्पद गतिविधि गरी रहेको गोप्य सूचनाको आधारमा नल कटुवा पेस्तोल र एक थान गोली सहित पक्राउ गरेको प्रहरीको भनाई छ ।

प्रहरीले उनिहरुको साथबाट एउटा अनटेस्ट मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । उनिहरुले कुनै घटना गर्ने योजना सहित नेपाल आएको हुन सक्ने बताउदै घटनाको अनुसन्धान भइरहेको दाहालले बताए ।

Loading...