कोउवाँखोज र सहेवगंज छोटी भन्सारमा हेल्प डेस्क

देवानगंज, ३० फागुन । सुनसरीको कोउवाँखोज छोटी भन्सार र सहेवगंज छोटी भन्सारमा हेल्प डेस्क स्थापना गरिएको छ । कोरोना भाइरसको संक्रमण नेपालमा रोक्न भारतसँग सीमाना जोडिएको यी दुई छोटी नाकामा पनि हेल्प डेस्क स्थापना गरिएको हो ।

विहिवार देवानगंज गाउँपालिकाले सरोकारवलाहरुको उपस्थितीमा डेस्क स्थापना गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत त्रिलौचन न्यौपानेले जानकारी दिए । डेस्कको उद्धघाटन गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले गरे ।

डेस्क स्थापना सँगै गाउँपालिकाले कोरोनाबारे वडा स्तरमा पनि सचेतना कार्यक्रम गर्नुका साथै आवश्यक्ता अनुसार सिमा सुरक्षा पौष्टमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरी सँगको सहकार्यमा कार्यक्रम गर्दै जाने अधिकृत न्यौपानेले बताए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक उमेश प्रसाद मेहताले कोरोना भाइरसको संक्रमणबाट बच्न गाउँपालिका क्षेत्रमा बिभिन्न सचेतनामुलक कार्यक्रम समेत गर्ने बताए ।

Loading...