संसद बैठक : कालापानीबाट भारतीय सेना हटाउन माग

काठमाडौं, ३० फागुन । सत्तासीन दलकै सांसदले नेपाली भूमि रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्तावमा छलफल गर्न सरकार तयार नभएपछि उनीहरूले भूमि रक्षा गर्न माग गरेका हुन्।

नेकपा सांसद खगराज अधिकारीले प्रतिनिधिसभामा चार महिनाअघि कालापानीबाट भारतीय सेना हटाउने र नेपाली अतिक्रमित भूमि फिर्तासम्बन्धी संकल्प प्रस्ताव दर्ता गरेका थिए। प्रस्तावमाथि बिहीबारको बैठकमा छलफल हुने कार्यसूची थियो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समय मागेपछि संकल्प प्रस्तावमाथिको छलफलको एजेन्डा कार्यसूचीबाट हटाइएको थियो। नेकपा सांसद अधिकारीले ‘अन्तिम समय’ मा आफ्नो प्रस्ताव हटाइएकोमा असन्तुष्टि जनाए। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Loading...