आज लगन गाँठो कस्दै आँचल

विराटनगर, २९ फागुन । अभिनेत्री आँचल शर्मा आज वैवाहिक जीवनमा बाँधिदै छिन् ।

उनको वैवाहिक समारोह आज काठमाडौँमा भइरहेको छ ।

मिति सार्वजनिक गरिए पनि विवाहको स्थान भने अहिले गोप्य राखिएको छ ।

उनले प्रेमी डाक्टर उदिप श्रेष्ठसँग एक वर्ष प्रेममा रहेपश्चात लगनगाँठो कस्न लागेकी हुन् ।

आँचल र उदिपको विवाहमा दुवैतर्फका सीमित सदस्यको मात्र उपस्थिति रहेको बुझिएको छ ।

आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह समेत आयोजना गरेका थिए ।

मेहेन्दी समारोहमा दुवैले एक अर्काको नाम आफ्नो हातमा लेखाएका थिए ।

विवाह भोज भने उनीहरूले चैत्र १ मा आयोजना गर्दैछन् ।

आँचल र उदिपको विवाह राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा हुने आँचलको परिवारको भनाइ थियो ।

१ चैत्रमा होटल हायातमा भव्य रिसेप्सनको आयोजना गरिने भएको छ ।

केही समय अगाडि मात्र आँचलले प्रेम सम्बन्ध एक वर्ष पूरा भएको र आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने विचार रहेको आफैले बताएकी थिइन् ।

एक वर्षसम्म आफ्नो प्रेम लुकाएर राखेका यी जोडीले सार्वजनिक रूपमा नै प्रेम स्वीकार गर्दै कुनै फिल्ममा व्यस्त नभएको कारणले आफूहरूले बिहे गरेको जानकारी दिएकी थिइन् ।

Loading...