हलिउड अभिनेता टम ह्यांक्स र उनकी पत्नीलाई कोरोना संक्रमण

एजेन्सी, २९ फागुन । चर्चित हलिउड अभिनेता टम ह्यांक्स र उनकी पत्नी रीटा विल्सनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू र आफ्नी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन् ।

अस्ट्रेलियामा रहेका क्विन्सल्यान्ड निवासी ६३ वर्षका ह्यान्क्स र उनकी पत्नीमा सामान्य रुघा खोकीको लक्षण देखा परेपछि जाँच गराउदा उनीहरूमा कोरोना भाइरसको परीक्षण ’पोजेटिभ’ पाइएको बताएका छन् ।

रुघा र जोरो आउदा हुने थकान र शारीरिक पीडा भएपछि कोरोना भाइरसलाई ध्यानमा राख्दै परीक्षण गर्दा कोरोना भाइरस परीक्षण ‘पोजेटिभ’ भेटिएको उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन् ।

यसबारे थप जानकारी गराइरहने उनले जानकारी दिएका छन् । हालसम्म अस्ट्रेलियामा १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Loading...