डलरको भाउ १ सय १९ नजिक, नेपाली मुद्रा कमजोर

काठमाडौं, २९ फागुन । केही दिनयता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

बिहीबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय १८ रुपैयाँ १२ पैसा (बिक्रीदर) तोकेको छ । मंगलबार र बुधबार यस्तो दर क्रमशस् १ सय १८ रुपैयाँ ८४ पैसा र १ सय १८ रुपैयाँ ९० पैसा थियो । यसअघिको न्यून विनिमयदरको तुलनामा बिहीबार नेपाली मुद्राको विनिमय दर करिब ८ रुपैयाँले कमजोर ९अवमूल्यन० भएको हो । यसको अर्थ सोही दरले डलर बलियो ९अधिमूल्यन० भएको भन्ने हो ।

करिब डेढ वर्षअघि ९०७५ असोज २४ मा० अमेरिकी डलरको विनिमय दर १ सय २० रुपैयाँ ९१ सय १९ रुपैयाँ ३३ पैसा० हाराहारीमा थियो । यसअघिको उच्च विन्दुको तुलनामा बिहीबारको विनिमय दर ०।४३ पैसाले मात्र कम हो । तर, पछिल्लो न्यून विन्दु १ सय १० रुपैयाँको तुलनामा करिब साढे ७ रुपैयाँले बढी हो । यसअघि ०७५ साउन २७ मा डलरको विनिमयदर १ सय १० रुपैयाँ ४३ पैसा थियो ।

त्यसो त अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । यसअघि भारु बलियो हुँदा नेरु पनि बलियो भएको थियो ।

पछिल्ला वर्षहरूमा भारतीय अर्थतन्त्रले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन । कहिले जम्मु कस्मीर त कहिले हिन्दु र मुस्लिमबीचको विवादको प्रत्यक्ष प्रभाव भारतीय अर्थतन्त्रमा परेको छ । पछिल्लो समयमा नागरिकता विधेयकलाई लिएर भारतमा हिन्दु र मुस्लिमबीचको विवाद अझै साम्य भएको छैन । यी विवादका कारण पछिल्ला महिनाहरूमा भारतमा विदेशी लगानी बढेको छैन । केही परिमाणमा पुराना लगानी पनि फिर्ता भएका छन् ।यसकारण विश्वबजारमा भारतीय मुद्रा कमजोर भएको छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएको र त्यसको प्रत्यक्ष असर नेरुमा पनि परेको राष्ट्र बैंकका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धरले बताए । ‘अहिले विश्वबजारमा फैलिएको कोरोना र कमजोर भारतीय अर्थतन्त्रका कारण भारु कमजोर भएको छ,’ उनले भने, ‘त्यसको प्रत्यक्ष असर नेरुमा पनि परेको हो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Loading...