आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २९ फागुन । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। साथै, हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली र अन्य पहाडी भेगमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू–भागका थोरै स्थानहरुमा दिउसो र साँझपख मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

पूर्वानुमानका अनुसार देशका पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

Loading...