पाम तेलको लाइसेन्स खुलाउन भारत सकारात्मक

काठमाडौ, २९ फागुन । पाम तेल आयातकर्ताको लाइसेन्स रोकेको भारत पुनः लाइसेन्स दिन सकारात्मक भएको छ । डेढमहिना अघि पाम तेल निर्यातमा प्रतिबन्ध लगाएको भारतले केही समयअघि मात्रै लाइसेन्स लिएर मात्रै आयत गर्न सक्ने गरी खुकुलो बनाएको थियो ।

त्यसको केही समयमै लाइसेन्स रोकेको भारतले यो प्रक्रिया पुनः शुरू गर्ने प्रतिबद्धता व्यक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Loading...