birat ribon

त्रियुगा नगरपालिकाको अभियान, बालविवाह रोक्न कार्डमै जन्ममिति

Neuro
त्रियुगा नगरपालिकाको अभियान, बालविवाह रोक्न कार्डमै जन्ममिति

उदयपुर । उमेर नपुगी बिहे गर्दा कानुन लाग्छ। उमेर पुगेको प्रमाण थाहा पाउने कसरी रु त्रियुगा नगरपालिकामा अभियान चलाइएको छ– निमन्त्रणा कार्डमै उमेर खुलाउने।

Padelux insider
cura insider

त्रियुगा–१२ त्रिवेणी टोलकी २५ वर्षीया साजना चौधरीको विवाहको कार्ड उमेर खुलाएर छापिएको छ। उनको विवाह त्रिनपा–१३ वहेडवाका २५ वर्षीय मनोज चौधरीसँग हुँदै छ।

त्यस्तै, त्रिनपा–४ वगाहाकी सिर्जना कार्की र प्रकाश बस्नेतका अभिभावकले पनि जन्ममिति खुलाएर कार्ड छापे। दुवैको जन्ममिति कार्डको माथिल्लो भागमा छापिएको छ।

गाईघाटका अफसेट प्रेसमा छाप्न ल्याइएका विवाह कार्डमा उमेर खुलाइएको छ। जन्मदर्ताअनुसार मिति मिले–नमिलेको हेरेर मात्र कार्ड छापिने गरेको लक्ष्मी अफसेट प्रेसका सञ्चालक सुनील महतोले जानकारी दिए।

जन्मदर्ताबिना छाप्न आएकालाई फर्काउने गरेको उनले बताए। उनले भने, ‘धेरैजसो जन्मदर्ताबेगर आउँछन्, लिएर आए मात्रै छाप्छौं भनेपछि कोही नछापीकनै फर्कने गरेका छन्।’

जन्मदर्ताबेगर आएका कार्ड नछापीकनै फर्काइने गरेको कार्की छापाखानाका सञ्चालक हिमाल कार्की बताउँछन्। जिल्लामा बालविवाह नरोकिएपछि सरकारी र गैरसरकारी निकायले विवाहको कार्डमै उमेर खुलाउन अभियान चलाएका छन्। अभियानमा छापाखाना र परिवार राजी भएका छन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

jackson ribon