थेग्नै नसक्ने गरी फूल्यो आँप, किसान खुशी

काठमाडौ, २९ फागुन । यस वर्ष आँपमा पर्याप्त फूल लागेपछि सर्लाहीका किसान खुशी भएका छन् । आँपको पकेट क्षेत्र मानिने उत्तरी चुरेभेगस्थित हरिवन नगरपालिका–२, अत्रौलीका किसान हरि बर्तौलाले बोटले नै थेग्न नसक्ने गरी आँप फूलेको जानकारी दिएका छन् ।

उनका अनुसार फूलेर ढपक्कै भएको आँपमा अहिलेसम्म रोग किराको प्रकोप देखिएको छैन् । फूलेको सबै फूलको फल लाग्यो भने बोटले थेग्न सक्ने अवस्था छैन्, बर्तौलाले भने, हावाहुरी आएर क्षति नगरे यस वर्ष आँपबाट राम्रो आम्दानी हुने आश गरेका छौँ । जिल्ला कृष ज्ञान केन्द्र मलङ्गवा, सर्लाहीका अनुसार सर्लाहीको उत्तरी भेगका हरिवन, बाग्मती, लालबन्दी र ईश्वरपुर नगरपालिकामा व्यवसायिक रुपमा आँपको खेती हुने गरेको छ । यस्तै जिल्लाका अन्य क्षेत्रमा पनि केही मात्रामा आँप खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

देशकै सबै भन्दा ठूलो उष्ण प्रदेश बागवानी केन्द्र नवलपुर भित्रका आँपमा पनि अत्यधिक मात्रामा फूल लागेको त्यहाँका प्राविधिकहरुले बताएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Loading...