गीतामाथि हात राखेर कमल थापाको कसम ‘पार्टी फुट्न दिन्न’

काठमाडौं, २८ फागुन । राप्रपाका अध्यक्ष कमल थापाले भगवद गीतामा हातमा लिएर पार्टी नफुटाउने विश्वास दिलाउन कसम नै खाएका छन्।

राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकीकरण कार्यक्रममा बोलदै उनले राप्रपालाई नफुटाउने र फुट्न नदिने कसम खाए ।

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा संयुक्तबीच बुधबार औपचारिकरुपमा एकताको घोषणा गरिएको छ ।

उनले पार्टी फुट्न पनि नदिने र नफुटाउने भन्दै कसम खाँदै गीता पनि देखाएर भने ‘राप्रपालाई कहिल्यै पनि फुट्न दिने छैन ।’

राप्रपाको एजेन्डा बलियो हुँदाहुँदै पनि नेताहरुकै कारणले जनविश्वास नपाएको भन्दै एकता नै जनविश्वास पाउने आधार भएको उनको भनाइ छ ।

एकतासँगै राष्ट्रिय राजनीतिमा सशक्त तेस्रो राजनीतिक धार उदय भएको उनले बताए ।

Loading...