७३ अङ्कले बढ्यो नेप्से

काठमाडौं, २८ फागुन । मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा बुधबार नेप्से परिसूचकमा उच्च वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १४.३३ प्रतिशतले बढेर ३०४.६९ मा पुगेको छ ।

आज नेप्से ५.४७ र सेन्सेटिभ परिसूचक ४.९४ प्रतिशतले बढेको छ ।

१ सय ८० कम्पनीका ५६ लाख २६ हजार ८१२ कित्ता शेयर २ अर्ब २२ करोड १० लाख ८१ हजार ६ सय ९० रुपैयाँमा खरिदबिक्री भयो ।

कारोबार भएका १२ समूहमध्ये सामूहिक लगानी कोषको शेयर ०.०८ अङ्कले घटेको छ ।

अन्य सबै उपसमूहको शेयर उकालो लागेको छ ।

Loading...