निखिलको ‘आयो भैरव’मा राजेश हमाल

विराटनगर, २८ फागुन । चर्चित अभिनेता निखिल उप्रेती करीब ४ वर्षपछि ‘आयो भैरव’ मार्फत दर्शकमाझ आउने भएका छन् ।

निखिल आफैँले निर्देशन गर्न लागेको फिल्मको स्क्रिप्टमा निकै मिहेनतको साथ काम गरिरहेका छन् ।

विवाह गरेको ५ वर्षपछि फिल्म ‘भैरव’मार्फत् नेपाली फिल्ममा कमब्याक गरेका निखिलले आफ्नै अभिनय, निर्देशन र निर्माण गरेको फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो ।

फिल्ममा निखिलले स्वस्यम मुख्य भूमिका निर्वाह गर्ने पक्का भइसकेको छ ।

फिल्ममा अन्य मुख्य भूमिकामा रहने कलाकारहरू को हुने भनेर दर्शकहरु निकै प्रतिक्षामा रहेका छन् ।

यसैबीच, निखिलले आफैँले ‘आयो भैरव’को बिषयमा महानायक राजेश हमालसँग कुराकानी गरेका छन् ।

पर्दामा फर्किने सुरसार नगरेका हमाललाई भने फिल्मको अफरमा कमी आएको छैन ।

निखिल र हमालले लामै समय भेटेर फिल्मको बिषयमा कुराकानी गरेका छन् ।

फिल्ममा हमालको भूमिका पनि सशक्त रहेको बुझिन्छ ।

बुझिएअनुसार हमाल आफ्नो क्यारेक्टरलाई लिएर निकै सकारात्मक भएका छन् ।

निखिल उप्रेती र राजेश हमाल भएको फिल्म बलियो बन्ने कुरामा त दुइमत छैन । तर, हमालसँगको कुराकानी अगाडि बढेपनि उनले फिल्म गर्ने वा नगर्ने भने पक्का भएको छैन ।

Loading...