भारतमा प्रदर्शन हुँदै ‘हजार जुनीसम्म’

विराटनगर, २८ फागुन । भारतको नेपालीभाषी बसोबास गर्ने दार्जिलिङ, सिक्किमलगायतका स्थानमा नेपाली फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शन हुने भएको हो ।

१३ मार्च अर्थात् शुक्रबारदेखि फिल्म प्रदर्शन हुन लागेको निर्माणपक्षले जानकारी दिएको छ ।

अहिले फिल्मका मुख्य नायक आर्यन सिग्देल भारतमा छन् ।

सिलीगुढी, दार्जिलिङ, कालिम्पुङ, कुर्सियोङ, सिक्किम, गान्तोकलगायतका भारतका विभिन्न स्थानमा ‘हजार जुनीसम्म’ रिलिज हुने भएपछि प्रचारका लागि उनी त्यहाँ पुगेका हुन् ।

विकासराज आचार्य निर्देशित प्रेमकथामा आधारित रहेको फिल्ममा आर्यनका साथ प्रियंका कार्की, संचिता लुइटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की, शिवहरि पौडेल, अनुभव रेग्मी र अखिलेष प्रधानलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको केही दृश्यहरू सिक्किमको चाँगु लेक तथा नजिकका ठाउँहरूमा खिचिएको हो ।

कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् ।

फिल्म ‘हजार जुनीसम्म’को कथा विशाल चाम्लिङ्गले लेखेका हुन् ।

अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन तथा उदयराज सोताङ, राजनराज शिवाकोटी, वसन्त सापकोटा र प्रवीण पौडेलले संगीत भरेका छन् ।

Loading...