यस्ता छन् होलीपछि छाला तथा कपालमा अपनाउनुपर्ने सतर्कताहरू

विराटनगर, २८ फागुन । होलीको रमझम सकिएको छ । होली खेलेपछि छाला तथा कपालबाट रंग निकाल्नका लागि एकदम सतर्कता अपनाउनुपर्ने हुन्छ ।

होलीपछि रंग हटाउनका लागि कडा किटाणु मर्ने खालको साबुनको प्रयोग गरी रगड्ने गरिन्छ ।

यस्ता साबुनले छालाको सतहलाई वासआउट गरेर छालालाई रातो बनाएर थप एलर्जी निम्त्याउने हुदा साबुनको प्रयोग नगरेकै उचित हुन्छ ।

कडा प्रकारको साबुनले छालाको सतह नै पखालि दिएपछि वातावरणमा पाइने हानिकारक तत्व, ब्याक्टेरिया तथा भाइरसहरूले सजिलै आक्रमण गरेर इन्फेक्सन गराउन सक्छ ।

रंग नगएको खण्डमा पटक–पटक छाला तथा कपालमा साबुन, फेस्वास तथा श्याम्पूको प्रयोग गरेर रगड्ने गर्दा छाला तथा कपाल थप ड्राइ हुन्छ ।

रंग नगएको खण्डमा अनुहारमा भिजेको बेसनको लेप लगाएर पखाल्न सकिन्छ ।

यसरी पनि रंग नगएको खण्डमा आफैँ जान दिनुपर्छ ।

पिम्पल वा छालामा समस्या भएकाहरूलाई होलीको रंगले समस्या उत्पन्न गराउन सक्ने हुँदा एकदम ध्यान दिनुपर्ने हुन्छ ।

साबुनले रगड्ने गर्दा छालामा थप पिम्पल आउने, पिम्पल बिग्रेर घाउ हुने, दाग बस्ने, तथा थप समस्याहरू निम्तिन सक्छ ।

हरेक पटक मुख धोईसकेपछि मोइस्चराइजरको प्रयोग गर्न बिर्सिनु हुँदैन ।

र, घर बाहिर जानका लागि सन्सक्रिम अनिवार्य रूपले लगाउनु पर्छ ।

रंगले छाला तथा कपाललाई ड्राइ गराउने हुँदा शरीरलाई हाइड्रेटेड राख्नका लागि प्रशस्त मात्रामा पानी र सन्तुलित भोजनको सेवन गर्नुपर्छ ।

होलीपछि छाला रातो भएमा, पोलेमा, चिलाएमा, पानी फोका आएमा, डाबरहरू देखापरे वा अन्य समस्याहरू देखेमा घरेलु उपाय तथा अन्य औषधिको प्रयोग गर्नुभन्दा पनि एक पटक छालाको डाक्टरकहाँ देखाए उचित हुन्छ ।

Loading...