बालबालिकामा बोलीको विकास गर्न उनीहरूसँग कुरा गर्नु आवश्यक

विराटनगर, २८ फागुन । सन्तान जन्मेपछि अभिभावकहरूमा उनीहरूको बोली कस्तो होला भनेर सोच आउने गर्छ । केही शिशुहरू चाँडो बोल्छन् भने कोही ढिलो बोल्ने हुन्छन् ।

विज्ञहरूका अनुसार बच्चालाई बोल्न सिक्नका लागि कम्तिमा एक वर्षभन्दा बढी समय लाग्न सक्छ ।

बोल्न नसकेसम्म शिशुहरूले इसारामार्फत आफ्नो शब्दहरू बताउन् खोज्छन् ।

केही शिशुहरूको विकास ढिलो हुन्छ, त्यसैले उनीहरू ढिलो बोल्न थाल्छन् ।

यस्तो अवस्थामा अभिभावकहरूले बच्चाहरूसँग बढी समय बिताउनुपर्छ र बोल्न प्रोत्साहित गर्नुपर्छ ।

बालबालीका ढिलो बोल्नुका थुप्रै कारणहरू हुन्छन् । वंशानुगत पनि एक मुख्य कारण हो ।

अभिभावकले ढिलो बोल्न सुरू गरेका हुन् भने सन्तानले पनि ढिलो बोल्न सक्छन् । भाषा सिक्नको लागि बालबालिकाहरूमा एक लामो प्रक्रिया हुने गर्छ ।

सञ्चार र प्रेरणाको अभावले पनि बालबालिकाहरूले ढिलो बोल्न सक्छन् ।

चिकित्सकहरूले दुई वर्षसम्मका बालबालिबालाई स्क्रिनमा समय बिताउन नहुने सुझाव दिन्छन् ।

तर, अभिभावकहरू व्यस्त भएको कारण बालबालिकालाई धेरै समय टिभी, मोबाइल दिएर अल्मलाइरहेका हुन्छन् ।

यस्तो बानीले बालबालिकाले राम्रो कुरा सिक्न सकेपनि बोल्न सिक्दैन ।

बालबालिकामा बोलीको विकास गर्नका लागि उनीहरूसँग कुरा गर्नु धेरै महत्त्वपूर्ण हुन्छ ।

बालबालिकाहरू एक वर्षको उमेरमा सजिलो भाषामार्फत बोल्न थाल्छन् ।

दुई वर्षको बालबालिकाले उसको अगाडि गरेको कुराकानीको ५० प्रतिशत, तीन वर्षमा ७५ प्रतिशत र चार वर्षमा सबै कुरा स्पष्ट बुझ्न सक्ने हुन्छ ।

४ वर्षको बालबालिकाले अरुले बोलेको ध्यान दिएर सुन्नका साथै बोल्न पनि सक्छ । स्कूल जान थालेका बच्चाहरू धेरै कुरा बुझ्न र विभिन्न प्रश्नहरू सोध्न थाल्छन् ।

Loading...