सुनको मूल्य घट्यो

काठमाडौं, २८ फागुन । नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुन प्रतितोला ८२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ८२ हजार ७ सय रहेको थियो । साथै आज तेजावी सुनको मूल्य ८२ हजार रहेको छ ।

चाँदीको मूल्यमा भने आज कुनैपनि परिवर्तन आएको छैन ।

मंगलबार प्रतितोला चाँदीको मूल्य ८ सय ८० मा कारोवार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...