कोरोनाका कारण ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले आफ्नै स्टुडियोमा

विराटनगर, २८ फागुन । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले आफ्नै स्टुडियोमा हुने भएको छ ।

१ चैत्रमा हुने पक्का भएको ग्रान्ड फिनाले होटल सोल्टीमा हुने ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिएका छन् ।

तर, कोरोना भाइरसको संक्रमण हुन सक्ने कुरालाई ध्यानमा राखेर सरकारले ठूला सभा, सम्मेलन नगर्न सूचना जारी गरेपछि ग्रान्ड फिनाले आफ्नै स्टुडियोमा हुन लागेको हो ।

‘कमेडी च्याम्पियन’ ग्रान्ड फिनालेमा वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र नायक राजेश हमाल प्रमुख अतिथिको रूपमा उपस्थिति हुने भएका छन् ।

ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् ।

ग्रान्ड फिनालेबाट नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ घोषित हुनेछन् ।

तीनै जना प्रतिस्पर्धीलाई १ चैत्र दिउँसो १२ बजेसम्म भोटिङ खुल्ला गरेको छ ।

‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् ।

Loading...