सुनको मुल्यमा नयाँ रेकर्ड, चाँदी १० रूपैयाँ सस्तो

काठमाडौ, २७ फागुन । सुनको मुल्य बढेर नयाँ किर्तिमान कायम गरेको छ । मंगलबार तोलामा २०० रूपैयाँ वृद्धि भएपछि नयाँ किर्तिमान कायम भएको हो ।

मंगलबार छापावल सुनको प्रतितोला मूल्य ८२ हजार सात सय र तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला १० रुपैयाँले घटेको हो । चाँदीको मुल्य ८ सय ८० रुपैयाँ प्रतितोला कारोबार भएको छ ।

कोरोनाको त्रासले विश्व अर्थतन्त्रमा प्रभाव परेपछि सुनको मुल्य आकाशिएको बताइएको छ ।

Loading...