परमात्माले फागु खेलेको देश

कनकधारा स्वामी स्वदेशानन्द

जहाँ इन्देणीले सप्तरंगी धर्ती सजिएको छ। जहाँका भगवान् हिमालयलाई श्रीसू्र्यले उदित कालमा स्पर्श गरेर मानो आफ्नो ऊष्णता कम गरिरहेका छन् अनि दैनन्दिनी श्रीचन्द्रमा उनकै कलाद्वारा प्रकटित भई धर्तीलाई औषधियुक्त आभाद्वारा आलोकित गरिरहेका हुन्छन्। जहाँ समय, काल र परिस्थिति अनुसार देवी(देउता समवेत उपस्थित भई फागु खेलिरहेका हुन्छन्।

मेरा भगवान् हिमालय जब जब श्री सूर्यले चियाउँछन् तब तब घरि रातो, घरि पहेँलो,घरि नीलो, घरि श्याम वर्णको त घरि श्वेत धवलतरा र घरि सुवर्णमय बनिँदै धर्तीकै अनुपम छटा पोखिरहेका हुन्छन्, मानौ धर्तीकै सबै रङको उपस्थिति छ अनि उनी अब चैतन्यको फागु खेलिरहेका हुनेछन् ।

मेरो पुर्खा यसै देशका मूलनिवासी हुन् जहाँ चराचर जगन्नियन्ता स्वयं प्रकृतिको नैसर्गिक रङहरूमा सराबोर हुन्छन्। जहाँ गौरीशंकर हिमालले समयको मापदण्डलाई परिसीमित गर्दछन् भने जहाँ पूर्वकी पाथीभरा, गोर्खा गंगा टिस्टा र पूर्वीय आस्थाका स्रोत सुनकोशी जस्ता नद(नदीहरू प्रवाहित भएर धर्तीकै शोभा विस्तार गरिरहेका हुन्छन् ।

प्राचीन जनजाति खसहरूकी आस्था तथा पितृमोक्षकारिणी कर्णालीको कल कल प्रवाह र नेपाली लोक(संस्कृतिको परिचायकको रूपमा छल छल छचल्किरहने मर्स्याङ्दीको चञ्चलता याने द्रूतगतिले नेपाली शक्तिको अविराम युवाजोश प्रदान गरिरहेको हुन्छ भने अरुण सभ्यताको ऐतिहासक दस्ताबेजको रूपमा स्थापित स्थूलाकार नदसम कोशीको घनघोर प्रबाहले नेपाली आँट र दम्भलाई मानौ प्रदर्शित गरिरहेको हुन्छ।

भारतीय अध्यात्मका महानायकहरूको पहुँच र सोचदेखि बाहिरको धर्ती छ मेरो पुर्खाको देश। वालविवाह र सतीप्रथाका समर्थक विवेकनन्द हैन विभिन्न योग र सनातन धर्मका एक सुपरिचित आदर्शपात्र राजर्षि जनकको आशीर्वाद र संरक्षणमा हुर्किएको देश हो नेपाल ।

जननायक राजा पृथ्वीनारायणको ओज र आँटद्वारा आर्जिएको देश । वीर वलभद्र र भीमसेन थापाको अजस्र बाहुलीद्वारा रक्षा गरिएको देश । जहाँ तीज,तिहार, दशैं साकेला, साकेवा, ल्होसार, उँधौली, उँभौली, धाननाच, च्याभ्रुङ् नाच, रोदीघर, गोठाले गीत, वालन, सङिनी र रामकलीका ठुम्का अनि देउसी(भैलीको आफ्नोपनद्वारा झंकृत छ मेरो पुर्खाको देश ।

के छैनरु अध्यात्मको आभा र अहिंसाको धर्मसूत्रद्वारा विश्वमा नै शान्तिको सन्देश स्थापित गर्ने बुद्धको जन्म यहीं भएको छ। शालीग्रामलाई जन्म दिने पुण्य नदी र मुक्तिको स्रोत मुक्तिनाथ भगवान्(को वासस्थली देश हो नेपाल।

यहाँका पण्डित,विद्वान्,लेखक, कवि र बुद्धिजीवीहरूमा देशको माया हुँदो हो त बलात्कारी हाँचको र नूनतेल छेक्नेहरूको चाड़ मनाउने थिएनन्, वर्षमा एकपल्ट भगवान्(ले फागु खेलेको हेर्नेथिए अनि मोसो दलेर पवित्र नेपालका गल्ली(गल्ली गन्दगी फैलाउने थिएनन् ।

अपितु हिमालयको नैसर्गिक फागु हेर्नेथिए अनि विश्वलाई नै परमात्माले र प्रकृति माताले फागु खेलेको सप्तरङ्गी दृश्य हेर्न बोलाउँथे र पर्यटनको विकास गर्नेथे तर उनीहरूलाई क, खदेखि नै सिकाइएको छः
अयोध्या, मथुरा,माया, काशी,काञ्ची, अवन्तिका।
पुरी, द्वारावती चैव सप्तैता मोक्षदायका ।।

Loading...