सीमामा सक्रियता तर, साधन स्रोत अभावले समस्या

विराटनगर, २७ फागुन । विश्वभरनै महामारीको रुपम लिइरहेको कोरोना भाइरस भारतबाट भित्रिन नदिन सीमामा सतर्कता अपनाउन थालिएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरस नेपालसँग खुला सीमा जोडिएको भारतमा संक्रमित भेटिएपछि सुनसरीको सीमामा तैनाथ प्रहरीले उक्त भाइरस भित्रिन नदिन सतर्कता अपनाएको छ ।

ब्लाष्ट टाइम्समा छापिएको खबरमा सतकर्त अपनाएपनि साधन श्रोत नहुँदा भने समस्या भएको उल्लेख छ ।

आवश्यक स्रोत साधन नहुँदा चेकजाँच गरेर संक्रमित पत्ता लगाउन भने सम्भव नभएपछि जनचेतनामुलक कार्यक्रम सशस्त्र प्रहरीले आयोजना गरेको छ ।

Loading...