‘ए मेरो हजुर ४’ को छायांकनस्थलमै होली

विराटनगर, २६ फागुन । चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहने फिल्म ‘ए मेरो हजुर ४’ पोखरा आसपासका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ ।

रङहरूको पर्व होलीमा फिल्मका कलाकारका साथै फिल्म युनिटले सुटिङस्थलमा नै होली मनाएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न फिल्मको छायाङ्कन रोक्न र प्रदर्शन स्थगित गर्न आग्रह गरिएको थियो ।

अहिले नै भाइरसको संक्रमणबाट जोखिम नभएको र छायाङ्कनको काम सावधानीपूर्वक गर्ने निर्णय लिँदै ‘ए मेरो हजुर ४ टिमले छायाङ्कन रोकेको छैन ।

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्म आगामी दसैँको फूलपातीका दिनमा प्रदर्शनमा आउने छ ।

Loading...