उद्यमी महिलाहरूको होली

बबिता लिम्बू

विराटनगर, २६ फागुन । दसैं, तिहारपछि हिन्दू धर्मावलम्बीहरूको अर्को ठूलो पर्व हो, होली । पहाड र तराई क्षेत्रमा दुई दिन होली मनाउने परम्परा छ ।

तर कोरोना भाइरसको त्रासका कारण होलीको रौनक छैन् । कोरोनाले प्रभावित बनेको होलीले उद्यमी महिलाहरूलाई पनि छोएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको त्रासका कारण सरकारले उच्च सर्तकता अपनाउन आग्रह गरेपछि अधिकांश होलीका लागि पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित भएका छन् ।

महोत्सव, कृषि मेलाको चटारो भएकोले कोही उद्यमी महिला घरदेखि टाढा मेलामा व्यस्त छन् । कोही परिवारसँग होली खेल्ने योजनामा छन् ।

कोरोना भाइरसको आतंक फैलिएसँगै सरकारले होली खेल्दा सावधानी अपनाउन आग्रह गरेका कारण होली विगत जस्तो नभएको महिला उद्यमी चम्पा नेपाल बताउँछिन् । कोरोना त्रासका कारण घरमा नै बसेर होली मनाउने उनले बताइन् ।

जुम्लाकी महिला उद्योमी गंगादेवी रावत बुटवलमा होली मनाउने योजनामा छिन् । खाद्य मेलामा सहभागी हुन बुटवल पुगेनी उनले कृषि मेलामा नै व्यस्त हुने भएकाले होली सामान्य रूपमा मनाउने बताउँछिन् ।

महिला उद्यमी गिरीजा सारडा यो वर्ष होली नखेल्ने बताउँछिन् । पारिवारिक सोकक र कोरोना भाइरसको त्रासका कारण होली नखेल्ने बताउँछिन् ।

महिला उद्यमी लक्ष्मी घिमिरे कोरोना भाइरसको त्रासका कारण घरमा नै होली खेल्ने योजना रहेको बताउछिन् ।

रिद्धीसिद्धी गार्मेन्टकी सञ्चालक घिमिरे कोरोना भाइरसको त्रासका कारण घरमा नै होली मनाउने बताउछिन् ।

महिला उद्यमी अनुपमा बास्तोला कोरोना भाइरसका कारण होली सामान्य हुने बताउँछिन् ।

विगत वर्षमा जस्तो व्यापार नभएको बताउँदै उनले घरमै बसेर होली मनाउने योजना बनाएको बताइन् ।

महिला उद्यमी स्मृती काबरा होली विशेष केही कार्यक्रम नभएकोले घरमै परिवारसँग होली मनाउँने बताइन् ।

(प्रशिक्षार्थी पत्रकार)

Loading...