आज जन्मदिन मनाउँदै अभिनेता प्रदीप खड्का

विराटनगर, २६ फागुन । ‘प्रेमगीत’ का प्रेमबाट चर्चा कमाएका अभिनेता प्रदीप खड्का आजबाट २९ वर्षमा प्रवेश गरेका छन् ।

२६ फाल्गुन २०४७ मा पिता टेकबहादुर खड्का र माता शारदा खड्काको परिवारमा ललितपुरको कुसुन्तीमा उनको जन्म भएको हो ।

उनले सिक्किम मणिपाल युनिभर्सिटीबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट एमबिए सकाइ सकेका छन् ।

बाल्यकालदेखि अभिनयमा रुचि भएका उनले फिल्म आफ्नै लगानीमा बनाएका फिल्म ‘स्केप’ बाट अभिनेताबाट रूपमा डेब्यू गरेका थिए ।

त्यसपछि, आफ्नै लगानीमा ‘ठूलो मान्छे’ नामक फिल्म बनाए ।

तर, यो फिल्म हलमा लागेको र उत्रिएकै थाहा भएन । यसपछि प्रदीपलाई परिवारबाट अष्ट्रेलिया जान दबाब सृजना भएको थियो ।

दुई फिल्म असफल भएपछि निराश भएका प्रदीपको मनमा अभिनयको हुटहुटी भएपनि परिवारको दबाबका कारण उनी अष्ट्रेलिया जान तयार भएर भिषा एप्लाइ गरे ।

नेपालमा ठूलो भूकम्प गएको कारण भिषा आउन ढिलाइ भयो ।

त्यही बेला सुदर्शन थापाले प्रदीपलाई ‘प्रेमगीत’ अफर गरे ।

परिवारबाट उनलाई विदेश जान चर्को दबाब भएको कारण प्रदीपले तत्कालै फिल्म गर्छु भन्न सकेनन् ।

अन्त्यमा उनले परिवारसँग एउटा मौका माग्दै फिल्म गर्न राजी भए ।

२९ माघ २०७२ मा प्रदर्शनमा आएको ’प्रेमगीत’ले घरेलु बजारबाट लगानी उठाउन नसके पनि दर्शकले फिल्मलाई र प्रदीपको अभिनयलाई रुचाए ।

‘प्रेमगीत’ पछि उनलाई अनमोल केसीको प्रतिष्पर्धी र नेपाली फिल्मको सम्भावना बोकेको अभिनेताको रूपमा हेरियो ।

एक फिल्मका लागि ३५ लाखको आसपास पारिश्रमिक बुझ्ने गरेका उनले ‘स्टार अफ द ईयर’ र पपुलर नायकको अवार्ड लिसकेका छन् ।

‘प्रेमगीत २’ पछि प्रदीपले अभिनय गरेको ‘लिलिबिली’, ‘रोज’ र ‘लभ स्टेशन’ लगातार असफल भएका छन् ।

अब, २८ चैत्रमा प्रदर्शनमा आउने ‘प्रेमगीत’ को तेस्रो सिरिजले उनको फिल्मी करिअरलाई फेरी उचाइमा अवश्य पुर्‍याउने देखिन्छ ।

Loading...