भाङको सेवन गरेमा हुने साइड इफेक्टहरू

विराटनगर, २६ फागुन । भाङको लगातार सेवनका साइड इफेक्टहरू धेरै छन् ।

यसले शरीरलाई भन्दा पहिला दिमागलाई असर गर्छ र पछि शरीर नियन्त्रणमा नै रहँदैन ।

भाङको सेवनले टाउको दुख्ने, उल्टी हुने, रिंगटा लाग्ने, एनजाइटी, मेमोरी लस जस्ता समस्याहरू देखा पर्दछन् ।

भाङको सेवन गर्नेबित्तिकै यसमा भएका रासायनिक तत्वहरू तीब्र रूपमा रक्तप्रवाहमा प्रवेश गर्छन् ।

जसले सिधा मस्तिष्क र शरीरको अन्य भागहरूमा पुगेर नकारात्मक असर देखाउन थाल्छ ।

अधिक नशाले मस्तिष्कको रिसेप्टर्स जसले खुशी, स्मृति, सोच, एकाग्रता, सनसनी र समयको बोधलाई असर गर्छ ।

भाङको नियमित प्रयोगले स्किजोफ्रेनिया (पागलपन) हुने जोखिमलाई दोब्बर पार्न सक्छ ।

भाङले भोक नलाग्ने, निद्रामा समस्या, तौल घटाउने, सानो कुरामा रिसाउने, आक्रामकता, बेचैनी जस्ता लक्षणहरू सुरू हुन्छन् ।

भाङको रासायनिक तत्वहरूले आँखा, कान, छाला र पाचन तन्त्रलाई असर गर्छ ।

गर्भवती महिलाहरूले भाङको सेवन गरेमा भ्रुणमा नराम्रो प्रभाव पर्छ ।

यदि एक व्यक्ति लगातार १५ दिनसम्म भाङ खान्छ भने ऊ सजिलै मानसिक विकारको शिकार बन्न सक्छ ।

Loading...