‘बागी ३’ले तीन दिनमा कमायो ६० करोड

एजेन्सी, २६ फागुन । बलिउडका चर्चित अभिनेता टाइगर श्राफ, रितेश देशमुख तथा अभिनेत्री श्रद्धा कपूर अभिनित फिल्म ‘बागी–३’ले प्रदर्शनमा आएको तीन दिनसम्ममा बक्स अफिसमा राम्रो व्यापार गरेको छ ।

फिल्मले तीन दिनमा ६० करोड भारतीय रुपैयाँ कमाएको छ । दर्शकहरूमा फिल्मको क्रेज निकै नै देखिएको छ । साथै, ‘बागी ३’ लाई बक्सअफिसमा सानदार ओपनिङ गर्दा पहिलो दिने कमाइलाई वर्षकै सबैभन्दा ठूलो ओपनिङ मानिएको छ ।

अहमद खानद्वारा निर्देशित फिल्मले बक्सअफिसमा १७ करोड ५० लाखको कमाइ गरेको छ । प्रदर्शनभन्दा अगाडि फिल्मले पहिलो दिन २० करोडभन्दा माथि कमाउने अनुमान गरिएको थियो ।

तर, विजनेस एनालिस्ट्स कोरोनो भाइरसले दर्शकमा उत्पन्न गराएको डरका कारण फिल्मले बक्सअफिसमा सानदार कमाइ गर्न असफल भएको बताउँछ । संसारभर ५ हजार ५ सय स्क्रिनमा रिलिज भएको ‘बागी ३’ टाइगरको करिअरको सबैभन्दा ठूलो रिलिज मानिएको छ ।

Loading...