‘कविता कन्सर्ट’का लागि विराटनगर आउँदै नवराज पराजुली

विराटनगर, २६ फागुन । युवा कवि नवराज पराजुली ‘कविता कन्सर्ट’का लागि विराटनगर आउने भएका छन् ।

संकल्प नेपालले ३० माघमा आयोजना गर्न लागेको कविता कन्सर्टका लागि पराजुली विराटनगर आउन लागेका हुन् ।

शुक्रबार विराटनगरको रोडशेषस्थित इस्टर्न स्टार होटलमा कविता कन्सर्ट आयोजना हुँदैछ ।

सो कार्यक्रममा आफ्ना कविताहरू सुनाउनका लागि पराजुली विराटनगर आउने आयोजक संकल्प नेपालले जानकारी दिएको छ ।

कवि पराजुलीले सम्यक महर्जनको बाँसुरीको धुनमा कविता सुनाउनेछन् ।

साहित्य र कला क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको सो कार्यक्रमबाट संकलित रकम ‘धुर्मुस–सुन्तली फाउण्डेशन’बाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिने आयोजकले जनाएको छ ।

विराटनगरमा पहिलोपटक आयोजना गर्न लागिएको सो कार्यक्रम दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

Loading...