होलीमा भाङ खाँदै हुनुहुन्छ भने सावधान हुनुहोस्

विराटनगर, २६ फागुन । भाङ एक प्रकारको मादक पदार्थ हो, जसलाई मानिसहरूले भगवान शिवको प्रसाद मान्ने गर्छन् ।

भाङ खाएपछि शरीरमा यसको असर तुरून्त हुँदैन तर, केही समयपछि देखा पर्ने असर बिस्तारै बढ्दै जान्छ ।

होली चाड रंग र रमाइलोको चाड हो । परम्परागत रूपमा, मानिसहरू होलीमा भाङको सेवन गर्ने गर्छन् ।

होलीको समयमा भाङलाई मिठाइ, आइसक्रिम तथा दूधमा राखेर अधिक प्रयोग गरिन्छ ।

गाँजाका अन्य प्रकारका दुर्व्यसनीहरू भन्दा भाङ अलि फरक प्रकारको हुन्छ, जसले मुख्य रूपमा शरीरका प्रणालीलाई कमजोर बनाइरहेको हुन्छ ।

भाङ सेवन गर्नेबित्तिकै तुरुन्त लत लागिहाल्छ भन्ने हुँदैन ।

यसको प्रभाव भाङ खाएको दुईदेखि तीन घण्टाभित्र लाग्छ ।

तर जब भाङको नशा सुरु भएर बढ्न थाल्छ ।

त्यति खेर शरीरको नियन्त्रण दिमागमा अन्त भएर मानिसहरू या त निरन्तर हाँस्न वा रुन थाल्छन् ।

यदि भाङको सेवन थोरै मात्रामा गरिएको छ भने यसले धेरै असर गर्दैन र यसको असर लामो समयसम्म हुँदैन पनि ।

तर, भाङको धेरै मात्रा पिउने मानिसहरूमा भाङले असर गर्न थालेपछि जुनसुकै काम गर्न थाल्छन्, ती कामहरू बारम्बार दोहोर्‍याएर गर्छन् ।

धेरै चोटी उनीहरूको दिमागले किन यस्तो गरिरहेको छु भन्ने सोच आए पनि शरीरले अझै पनि त्यो काम जारी नै राख्छ ।

भाङको सेवनपछि, मुख र जिब्रोको स्वाद कडा हुन्छ । त्यसपछि केही पनि खाएको कुराको टेस्ट महसुस गर्न सकिँदैन ।

प्रायः सुतिरहेको बेलामा ओछ्यानबाट माथि उडान गरेको जस्तो महशुस हुन्छ ।

यदि भांगको अत्यधिक सेवन गरेमा यसले दुईदेखि तीन दिनसम्म प्रभाव पार्न सक्छ । धेरै चोटी यसको प्रभाव हप्तासम्म पनि रहन्छ ।

अत्यधिक भाङगको सेवनले शरीर माथि नियन्त्रण गुमाउन सकिने हुँदा, त्यसपछिको अवस्था निकै गम्भीर भइ अस्पताल जानुपर्ने हुन सक्छ । होलीमा भाङ खादै हुनुहुन्छ भने, सावधान हुनुहोस् ।

Loading...