अमेरिकी मोडलमा गाँजा खेती

विराटनगर, २६ फागुन । संसदमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएसँगै सरकारले त्यसलाई बैधता दिने तयारी गरेको छ ।

निश्चित स्थान र प्रयोजनको लागि अनुगमनसहित कानून निर्माण गरेर गाँजा खेती गर्न दिन सरकार सकारात्मक रहेको हो ।

अमेरिकी मोडलमा गाँजा खेती गर्न दिने सरकारको तयारी छ ।

१५ फागनुमा गृह मन्त्रालयमा गाँजा खेतीलाई बैधता दिने विषयमा छलफल भएको थियो ।

गृह मन्त्रालयका सहसचिव नारायण दुवाडीले यूएनको नार्काेटिक ड्रग्स अस्ट्रियाको भियानामा भएको सम्मेलनमा नेपाल गाँजा खुला गर्ने पक्षमा रहेको बताएका थिए ।

यो समाचार नागरिक दैनिकमा छ ।

Loading...