सुनसरीमा छैन् रोकथामको तयारी

विराटनगर, २६ फागुन । भारतमा समेत कोरोना भाइरसको संक्रमण देखिएपनि सुनसरीमा भने रोकथामको तयारी नै छैन् ।

सुनसरीमा भारतसँग जोडिएको सीमा क्षेत्र ६५ किलोमिटर पर्दछ ।

सो खुल्ला सीमा क्षेत्रबाट जो सुकै जुन सुकै स्थानबाट सहजै आवत जावत गर्न सक्दछ ।

भारतमा बिस्तार हुँदै गएको संक्रमण नेपाल भित्रिन नदिन चनाखो हुनु पर्ने भएपनि सीमा नाकामा सबै ठाँउमा सुरक्षाकर्मीको उपस्थिती छैन् ।

सुनसरीमा सीमा नाकामा हेल्थ डेक्स राखिएको छैन् । बिहारमा मदिरा बन्द भएपछि मादक पदार्थ सेवन गर्न पनि भारतबाट सुनसरी पस्ने गरेका छन् ।

तर सरकारले निगरानी नगर्दा कोरोना फैलिने डर रहेको छ ।

स्वस्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले केही स्थानीय तहमा सचेतना अभियान चलाइएको बताए । यो समाचार ब्लाष्ट टाइम्समा छ ।

Loading...