सचेतना फैलाउने उद्देश्यले ‘कोरोना भाइरस’ बोलको लोकगीत सार्वजनिक (भिडियोसहित)

विराटनगर, २५ फागुन । ‘कोरोना भाइरस’ बोलको लोकगीत सार्वजनिक गरिएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने उद्देश्यले चर्चित गायक पशुपति शर्माको स्वर तथा अभिनयमा गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतको भिडियो र अडियोलाई गुड लक नेपालले युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द र संगीत गायक शर्माकै रहको छ । गीतलाई कुमार राना मगरको मिक्सिङ गरेका छन् ।

भिडियोमा पशुपतिका साथ अन्य कलाकारहरूको अभिनय छ ।

यो भिडियोलाई दुर्गा पौडेलले निर्देशन तथा छायांकन गरेका हुन् भने नवीन घर्तीमगरको सम्पादन रहेको छ ।

Loading...