कोरोनाका कारण सलमानको ‘राधे’को छायांकन रोकियो

विराटनगर, २५ फागुन । ‘राधेः योर मोस्ट वान्टेड भाइ’को छायांकन धमाधम भइरहेको समयमा कोरोना भाइरसका कारण फिल्मको सुटिङ रोकिएको छ ।

फिल्मको छायांकनका लागि अभिनेता सलमान खान र अभिनेत्री दिशा पटानी अजरबैजान जाने भएका थिए ।

उनीहरूले फिल्मको एउटा गीत र एक्सन सिक्वेन्स त्यहाँ सुट गर्ने योजना बनाएका थिए ।

तर, पछिल्लो समय कोरोना भाइरसको संक्रमणको डरका कारण फिल्मको सुटिङ रोकिएको जनाइएको छ ।

कोरोना फैलन सक्ने हुँदा अजरबैजान जान अहिले उचित नभएको भन्दै फिल्म सुटिङ त्यहाँ रोकिएको हो ।

फिल्ममा सलमान र दिशाका साथ अभिनेता रणदीप हुडा, सोहेल खान, अतुल अग्निहोत्री, ज्याकी श्राफको अभिनय रहने छ ।

फिल्ममा दिशाको मुख्य भूमिका रहने छ भने, रणदीपले भने नकारात्मक भूमिका निर्वाह गर्ने भएका छन् । फिल्मलाई प्रभु देवाले निर्देशन गर्दैछन् ।

फिल्मको स्किृप्ट सलमानका बुबा सलीम खनाले लेखेका हुन् ।

‘वान्टेड’ र ‘दबंग ३’ पछि निर्देशक प्रभु र सलमानले तेस्रोपटक सँगै कनम गरेका हुन् ।

फिल्म सन् २०२० को ईदमा रिलिज हुने छ ।

Loading...