सीमा क्षेत्रमा सशत्रको निगरानी, विराटनगरमा घरमै अस्पतालको सेवा


विराटनगर, २५ फागुन । कोरोना भाइरसको त्रास बढेपछि मोरङको सीमा क्षेत्रमा ससत्र प्रहरीले निगरानी बढाएको छ । नेपाल छिर्ने संस्कास्पद विरामीको स्वास्थ्य परीक्षणका लागि प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको हो ।

जिल्लाका सबै युनिटमा टोली परिचालन गरि संकास्पद विरामी देखिए स्वास्थ्य परीक्षणका लागि हेल्थ डेक्समा लगिने आजको उद्घोष दैनिकमा खबर छ ।

विराटनगरमा घर घरमा नर्सिङ सेवा प्रदान गर्ने उदेश्यसहित बरगाछीमा नयाँ अस्पताल सञ्चालनमा आएको छ । सृष्टि चापागाई र मोनिका रेग्मीले सञ्चालनमा ल्याएको रिलायबल होम केयर एण्ड मेडिकल सप्लायर्सले घरमै पुगेर चिकित्सकिय सेवा प्रदान गर्न थालेको खबर आजको न्यू सृष्टि दैनिकमा छ । सो अस्पताल २ फागुनदेखि सञ्चालनमा छ ।

क्षयरोग निवारण संस्थाले आफ्नो भवनमा कोशी अस्पतालले जवरजस्ती गर्न खोजेको आरोप लगाएको छ ।

शनिबार पत्रकार सम्मेलन गरी संस्थाले आफ्नो जग्गामा निर्मित भवन भत्काउन खोजेपछि विरोध जनाएको खबर प्रदेश १ बाट प्रकाशित हुने पत्रपत्रिकामा छ ।

Loading...