झिक्नुपर्ने स्टिल, काटियो हड्डी

विराटनगर, २५ फागुन । हातका राखेको स्टिल निकाल्न अस्पताल गएका एक व्यक्तीको चिकित्सकले हातको हड्डै काटिदिएका छन् ।

उदपयुरमा रहेको सिभिल हस्पिटल एण्ड ट्रमा सेञ्टररका चिकित्सकले ४२ वर्षिय पूर्णबहादुर खत्रीको देब्रे कुममा राखिएको स्टिल निकाल्नुपर्नेमा डाक्टरले हड्डी काटिदिएका हुन् ।

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी– ३ का खत्रीको शल्यक्रिया गरी स्टिल राखिएको थियो । तर डाक्टर सञ्जयकुमार साहले हड्डी काटेर निकालिदिएको खत्रीले बताएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

नागरिकता विधेयरक संसदमा अड्किएका कारण २०६४ सालमा अंगिकृत नागरिकता बनाएकाहरुको सन्तानलाई नागरिकता बनाउन मुस्किल भएको छ । २०६४ सालमा जन्मका आधारमा १ लाख ७० हजार ४२ जनाले जन्मका आधारमा नागरिकता पाएका थिए । तर संसदमा नागरिकता बिधेयक १८ महिनादेखि अड्किएका कारण उनीहरुका सन्ताले नागरिकता बनाउन पाएका छैनन् ।

विराटनगरकी मलिना मण्डलले स्टाफ नर्सको पढाई पुरा गरेकी छन् । नेपाल नर्सिङ परिषदले लिने परीक्षा पनि पास गरेकी छन् । तर परिषदले उनलाई प्रमाण पत्र दिन मानेको छैन् । कारण हो उनीसँग नेपाली नागरिकता छैन् । नागरिकता नभएकै कारण मोलिना मण्डलजस्तै धेरैले रोजगार पाउन नकसेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

Loading...