कोरोनाको त्रास : विदेश जाने ७५ प्रतिशत घटे

विराटनगर, २४ फागनु । चीनबाट सुरु भएको कोरोना भाइरस विश्वका ८० मुलुकमा फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ ।

नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशत गिरावट भएको पहिलो पटक आएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कोरोना भाइरसको त्रास बढ्दै गर्दा विदेश रोजगारीको लागि जानेको संख्या घटेको बताए ।

रोजगारीको लागि नेपाली युवा दक्षिण कोरिया, जापान, दुबई, मलेसिया, कुबेतलगायतका देशमा कोरोना भाइरस फैलिएको छ ।

कुबेतलगायतका कतिपय मुलुकले विदेशी कामदार लिन रोक लगाइसकेका छन् ।

कुल गार्हस्थ उत्पादनमा २५.४ प्रतिशत योगदान रहेको रेमिट्न्यस पनि छट्ने देखिएको छ ।

Loading...