बालश्रम मुक्त इँट्टा उद्योगलाई सम्मान

रंगेली, २३ फागुन । मोरङमा पहिलो पटक बाल श्रममुक्त भएको इँट्टा उद्योगलाई विराटनगरमा सम्मान गरिएको छ ।

मोरङको आनन्द ईट्टा उद्योगलाई शुक्रकार सम्मान गरिएको हो ।

उद्योगका रंगेली नगरपालिका र धनपालथान गाउँपालिकामा रहेका दुई भट्टा बाल श्रममुक्त भए पछि उद्योगलाई सम्मान गरिएको छ ।

उद्योगका निर्देशक अशोक बगडीयालाई सम्मान गरिएको थियो । उनलाई प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुसीयतले सम्मान पत्र प्रदान गरे ।

आनन्द इट्टा उद्योगको मोरङमा ८ वटा भट्टा रहेका छन् । पहिलो चरणमा २ वटा भट्टा बालश्रम मुक्त भएका हुन् ।

बाँकी उद्योगलाई पनि बाल श्रम मुक्त बनाउँदै जाने उद्योगका सञ्चालक सौरभ अग्रवालले प्रतिबद्धता व्यक्त गरे ।

ग्लोबल फेयरनेस, एकीकृत हातेमालो लगायतका संस्थाले ‘बेटर बृक्स’ नेपाल अभियान मार्फत मोरङमा पहिलो पटक आनन्द इँट्टा उद्योग बाल श्रममुक्त भएको हो ।

नेपालका ११ जिल्लामा ४० वटा इँट्टा भट्टामो बेटर बृक्स नेपालले काम गरिहेको छ । त्यसमा ३० वटा भट्टा बालश्रम मुक्त बनाई सकेको छ ।

उद्योग मन्त्री भएर पनि काम गर्न पाइएन

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुसियतले उद्योग मन्त्री भएर पनि उद्योग क्षेत्रमा खुलेर काम गर्न नपाइएको बताएका छन् ।

बालश्रम मुक्त इँट्टा भट्टालाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा संघीय सरकारको एकल सूचिमा रहेको कारणले खुलेर काम गर्न नसकिएको बताए ।

उनले प्रदेशको उद्योगको कानुुन निर्माणको चरणमा रहेको जानकारी दिए ।

कानुन निर्माणमा उद्योगीसँग छलफल गरेर आगाडी बढी रहेको उनले बताए ।

उनले बालबालिका भविष्यको कार्णधार भएकोले उनीहरुको पठन–पाठनमा जोड दिनु पर्ने बताए ।

मन्त्री कुसियतले सरकारको नियम अनुसार इँट्टा उद्योगहरु बाल श्रममुक्त बन्दै जानु पर्ने बताए ।

इँट्टा उद्योगमा बालबालिकाको प्रयोग घट्दै गएको कोशी अञ्चल इँट्टा उद्योग सँघका अध्यक्ष महेन्द्र साहले दाबी गरे ।

उद्योगहरुमा दक्ष कामदारको मात्र प्रयोग हुने गरेको उनले बताए ।

भट्टामा बालबालिका देखीए पनि बाल मजदुर नरहेको उनको दाबी थियो ।

कार्यक्रममा एकीकृत हातेमालो समाजका अध्यक्ष डिल्ली गिरी, ग्लोबल फेयरनेसका राष्ट्रिय अध्यक्ष सुरेश पण्डितलगायतले आफ्नो धरणा राखेका थिए ।

Loading...