आरके सिटी सेन्टर सञ्चालन

विराटनगर, २३ फागुन । करिब ७० करोड लागतमा निर्माण भएको आरके सिटी सेन्टर सञ्चालनमा आएको छ । विराटनगर हाटखोलामा रहेको आधुनिक सुविधासहितको सिटी सेन्टर शुक्रबारबाट सञ्चालनमा आएको हो ।

आरके चिल्ड्रेन हस्पिटलका सञ्चालक तथा डाक्टर सुबोध शर्मा र सुनिल शर्माको लगानी रहेको सेन्टरको उद्घाटन परिवारका सदस्यहरूले नै गरेका थिए । आठ तल्लाको सिटी सेन्टरमा दैनिक उपभोग्य वस्तु, इलेक्टोनिक्स, होमडेकोरका सामान उपलब्ध छ ।

त्यस्तै अत्याधुनिक मल्टिप्लेक्स सिनेमा, रुफ टप स्विमिङ्ग पुल, रुफ टप स्काई बार, जिमहल, जुम्बा पनि छ । लिभाईस, नाइक, एडिडासजस्ता ब्राण्डको शो रुम पनि छ । शुक्रबारबाट सुरु भएको सेन्टरले चैत महिनाभरि विभिन्न अफरको योजना ल्याएको छ ।

RK City Center Biratnagar

चैत्रको मसान्तसम्म होम डेकोर, गिफ्ट आइटम, फर्निचरका सामाग्री, लत्ताकपडामा १५ प्रतिशत छुट दिइनेछ । त्यस्तै ६ हजारदेखि नौं हजार ९ सय ९९ सम्मको कपडा गरिद गरे एक हजार छुटको व्यवस्था गरिएको छ ।

दश हजारदेखि १९ हजार ९ सय ९९ सम्मको कपडा खरिदमा दुई हजार छुटको व्यवस्था गरिएको छ । २० हजारभन्दा माथिको कपडा खरिदमा पाँच हजार छुटको व्यवस्था गरिएको छ । त्यस्तै इलेक्ट्रोनिक्स सामानमा १० प्रतिशत र पेय पदार्थमा ५ प्रतिशत र दैनिक उपभोग्य सामानमा ५ देखि १५ प्रतिशतसम्मको छूट दिइनेछ ।

Loading...