यस्तो बन्यो ‘चपली हाइट ३’को टिजर (भिडियोसहित)

विराटनगर, २३ फागुन । २८ चैत्रबाट प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’को टिजर सार्वजनिक भएको छ ।

शुक्रबार उक्त फिल्मको टिजर सार्वजनिक भएको हो ।

‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, दीपाश्री निरौला, विशाल पहारीलगायतका कलाकारहरूको अभिनय छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमाले सोझी युवतीको भूमिका निर्वाह गरेकी छिन् भने उनको जोडी महेश त्रिपाठीसँग बाँधिएको छ ।

थ्रिलर र ग्ल्यामर कथामा आधारित भएर नौलो कथामा निर्माण गरिएको फिल्मको छायांकन काठमाडौँ र त्यसको छेउछाउको ठाउँमा गरिएको हो ।

फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

Loading...