कोरोनाका कारण ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित

विराटनगर, २३ फागुन । कोरोना भाइरसको प्रकोपका कारण प्रदर्शनको संघारमा रहेको फिल्म‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित भएको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सुदर्शन थापा प्रोडक्सनले अनिश्चितकालका लागि स्थगन गरिएको जनाएको छ ।

३० फागुनमा प्रदर्शन हुने भनिएको सो अनिश्चितकालका लागि स्थगन सुदर्शन थापा प्रोडक्सनले जनाएको छ । आम मानिसको स्वास्थ्यलाई ध्यानमा राखेर फिल्म पछाडि सार्ने विज्ञप्तिमा जनाइएको छ ।

अब नेपाल सरकारको नयाँ सूचना नआएसम्म फिल्म कहिले प्रदर्शनमा ल्याउने भन्ने निश्चित नभएको जनाइएको छ ।

यसअघि पनि चलचित्रको प्रदर्शन फेरबदल भइसकेको छ ।

हिन्दी चलचित्र ‘बाघी २’का कारण २३ फागुनलाई प्रदर्शन मिति तय गरिएको चलचित्र अब भने ३० फागुनबाट रिलिज गर्ने निर्णय भएको थियो ।

फिल्ममा पल शाह र पूजा शर्माका साथ हरिहर शर्मा, दिनेश डिसी, राजाराजेन्द्र पोखरेल, सोनिका रोकालगायतका कलाकारहरूको अभिनय छ ।

शिवम अधिकारी र दिनेश न्यौपानेको कथामा तयार भएको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठको सम्पादन गरेका हुन् ।

फिल्मलाई सौरभ लामाले छायांकन गरेका हुन् ।

प्रेम कथामा आधारित भएर निर्माण फिल्ममा सुदर्शन र पूजा शर्मा निर्माता हुन् भने जन्मजय साम्पाङ राइ फिल्मको सह–निर्माता हुन् ।

Loading...