‘२ नम्बरीमा दयाहाङ’ले भुटानी अभिनेत्रीसँग जोडी बाँध्ने

विराटनगर, २३ माघ । ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने ‘२ नम्बरी’ मा भुटानी अभिनेत्रीले अभिनय गर्ने भएकी छन् ।

कमेडी जनरामा निर्माण हुने उक्त फिल्ममा भुटानी फिल्म निर्मात्री, अभिनेत्री तथा निर्देशक उगेन छोदेनको अभिनय रहने भएको छ ।

उनले यो फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गर्न लागेकी हुन् ।

यस फिल्ममा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिनेछ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले उगेन छोदेन फिल्ममा अनुबन्ध भएको जानकारी दिएको हो ।

आगामी बुधबारबाट छायांकनमा जाने सो फिल्ममा उनी भुटानी नागरिककै भूमिकामा रहने बताइएको छ ।

यो फिल्म २०७७ को जनै पूर्णिमाको दिन प्रदर्शनमा आउने भएको छ ।

यस फिल्ममा दयाहाङ र उगेनका साथमा पल शाह र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहने जनाइएको छ ।

फिल्ममा दया र पल साथीको भूमिकामा देखिने भएका छन् ।

दया र पलले पहिलो पटक स्क्रिन साझेदारी गर्न लागेका हुन् ।

फिल्मको दुई पात्रको वरिपरि घुम्ने निर्देशक लामा बताउँछन् र फिल्मको कथा पनि उनकै रहेको छ ।

फिल्ममा यी तिन कलाकारका साथ बुद्धि तामाङको पनि प्रमुख भूमिका रहनेछ ।

रोहित कट्टेल र सरोज नेपाली निर्माताको रूपमा रहेको फिल्मको प्रस्तुतकर्तामा किरण नेपाली छन् । रत्न श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन् ।

Loading...