१८ सयले बढ्यो सुनको मूल्य, बनायो कीर्तिमान

काठमाडौ, २३ फागुन । नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा वृद्धि भएको छ ।

शुक्रबार एकैदिन सुनको मूल्यमा प्रतितोला १८ सय रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १८ सय रुपैयाँले बढेको महासंघले जनाएको छ ।

शुक्रबार नेपाली बजारमा सुनको प्रतितोला ८२ हजार ५ सय पुगेको छ ।

यो नेपाली बजारमा सुनको हालसम्मकै सर्वाधिक महँगो मूल्य हो ।

पछिल्ला दिनमा नेपाली बजारमा सुनको मूल्यले दिनदिनै जसो नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

तेजावी सुन शुक्रबार प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Loading...