कोरोना प्रभाव : दर्जन बढी आयोजना अन्योलमा

विराटनगर २३ फागुन । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसको कारण मुलुकका विभिन्न आयोजनाहरुमा प्रभाव देखिन थालेको छ ।

प्रदेश २ र सुदूरपश्चिमबाहेकाका सबै प्रदेशमा यसको असर देखिन थालेको हो । चीनबाट आयात हुने उपकरण कोरोना भाइरसको संकटको कारण उतै रोकिएको छ ।

नयाँ वर्ष मनाउन गएका चिनियाँ इन्जिनियर, ठेकेदार र कामदार पनि उतै अड्किएका छन् ।

जल विद्युत, पहाडी क्षेत्रमा सडक निर्माण लगायतका काममा चिनियाँ कामदार र ठेकेदारको उल्लेख्य उपस्थिति छ ।

नेपालमा काम गर्न श्रम स्विकृती लिएका ३ हजार ५ सय ८७ जनामध्ये अधिकांश नयाँ वर्ष मनाउन चीन गएका थिए ।

तर कोरोनाको संक्रमण फैलिएपछि उनीहरु फर्किन सकेका छैनन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

Loading...