प्रदेश १ मा टिपर आतंक : सात महिनामा ११ जनाको मृत्यु

विराटनगर २३ फागुन । प्रदेश १ मा चालु आर्थिक वर्षको ७ महिनामा टिपर दुर्घटनामा परी ११ जनाले ज्यान गुमाउनु परेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार माघसम्ममा सबै भन्दा बढी मोरङमा भएको ९ वटा सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

मोरङको घिनाघाट विराटचौक सडकमा बढी दुर्घटना हुने गरेको छ ।

प्रदेश १ मा मोरङ, सुनसरी र झापा सबै भन्दा बढी टिपर दुर्घटना हुने जिल्लामा पर्छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी आएको ब्लाष्ट टाइम्समा खबर छ ।

Loading...