Rumpum

Rumpum Advertisement

ब्रेड अम्लेट बनाउने सजिलो विधि

ब्रेड अम्लेट बनाउने सजिलो विधि

विराटनगर। भोक लागेको समयमा मिठो र छिटो बन्ने खाना हरेकको चाहना हुन्छ ।

तर, छोटो समयमा मिठो के बन्ला भनेर धेरैको चिन्ताको विषय बन्ने गरेको छ ।

छिटै र सजिलै खाजा बनाउन मन भए ब्रेड अम्लेट पकाउन पनि निकै सजिलो हुनुका साथै यसको स्वाद पनि निकै मिठो हुन्छ ।

धेरै समय नलाग्ने, भोक भगाउने, पाहुना आउदा तथा खाजाको विकल्प बन्न सक्ने हुदा मानिसहरू ब्रेड अम्लेट रुचाउछन् ।

मीठो, छिटो र स्वादिलो बनाएर खानका लागि तल दिइएको विधि अपनाउन सकिन्छ ।

ब्रेड अम्लेट बनाउन चाहिने सामाग्री : दुइटा अण्डा, ४ ओटा पाउरोटी, काटेको प्याज, हरियो धनिया, हरियो खुर्सानी, अदुवा लसुनको पेस्ट, नुन, गरम मसलाको धुलो, बेसार, खुर्सानी, तेल वा बटर

ब्रेड अम्लेट बनाउने विधि : एउटा कचौरामा अण्डा फुटाएर प्याज, लसुन अधुवाको पेस्ट, हरियो खुर्सानी, धनिया, नुन, खुर्सानी, मसला, राखेर मज्जाले फिट्नु पर्छ ।

एउटा प्यानमा थोरै तेल वा बटर तताए पछि पाउरोटीलाई अण्डामा डुबाएर प्यानमा बिस्तारै राख्नु पर्छ ।

पाउरोटीलाई मज्जाले दुवै तिर अण्डाको मिक्समा डुब्ने गरि राख्नु पर्छ नत्र, कुनै ठाउँमा पाउरोटी मात्र रहन सक्छ ।

ब्रेड अम्लेटलाई दुवै साइडबाट हल्का ब्राउन र पाक्ने गरि पल्टाएर पकाउनु पर्छ ।

दुबैतिरबाट राम्रोसंग पाकिसकेपछि एउटा पेपरमा राखेर अनावश्यक तेल सोछन दिनुपर्छ ।

तातो तातो ब्रेड अम्लेटलाई चिया र केचअपसँग खान सकिन्छ ।