Rumpum Advertisement
Dazzu

विराटनगरकाे आरके सिटी सेन्टर शुक्रबारबाट सञ्चालनमा आउँदै

विराटनगरकाे आरके सिटी सेन्टर शुक्रबारबाट सञ्चालनमा आउँदै

विराटनगर, २२ फागुन । विराटनगर हाटखोलास्थित आरके सिटी सेन्टर शुक्रबारबाट सञ्चालनमा आउने भएको छ ।

RK City Center Biratnagar

करिब ७० करोड लागतमा निर्माण भएको आधुनिक सुविधासहितको सेन्टर शुक्रबारबाट सञ्चालनमा आउने भएको हो ।

RK City Center Biratnagar

आरके सिटी सेन्टर आठ तल्लाको छ । करिब डेढ वर्षमा निर्माण भएको सेन्टरमा अत्याधुनिक मल्टिप्लेक्स, रुफ टप स्विमिङ पुल, रुफ टप स्काई बार, जिम हल, जुम्बा, बालबालिकाका लागि प्ले जोनलगायत सुविधा छन् ।

प्रदेश १ को राजधानी घोषणा भएसँगै विराटनगरमा बढ्दै गएको चहलपहललाई मध्यनजर गर्दै सेन्टर सञ्चालनमा ल्याउन लागेको आर के सिटी सेन्टरका महाप्रवन्धक राजेश प्रसाईले जानकारी दिए ।

सिटी सेन्टरमा दैनिक उपभोग्य सामाग्रीसहित इलेक्ट्रोनिक्स, लताकपडालगायत सामाग्री राखिनेछन् । आधुनिक लिफ्ट राखिएको सेन्टरले उपभोक्ताहरुको आवश्यकतालाई पूर्ती गर्ने विश्वास लिइएको प्रसाईले बताए ।

एक महिना सम्म छुटकाे अफर

आरके चिल्डेर्न हस्पिटलका सञ्चालक डाक्टर सुबोध शर्मा र सुनिल शर्मा सञ्चालनमा ल्याएको सिटी सेन्टरको उद्घाटन परिवारका सदस्यहरुबाट नै गरिने बताइएको छ ।

उद्घाटनको अवसरमा विभिन्न अफर तथा आकर्षक पुरस्कारहरुको व्यवस्था गरेको छ ।

शुक्रबारदेखि चैत्रको मसान्तसम्म होम डेकोर, गिफ्ट आइटम, फर्निचरका सामाग्री, लत्ताकपडामा १५ प्रतिशत छुट दिइनेछ ।

त्यस्तै ६ हजारदेखि नौं हजार ९ सय ९९ सम्मको कपडा गरिद गरे एक हजार छुटकाे व्यवस्था गरिएकाे छ । दशहजारदेखि १९ हजार ९ सय ९९ सम्मको कपडा खरिदमा दुई हजार छुटको व्यवस्था गरिएको छ ।

२० हजारभन्दा माथिको कपडा खरिदमा पाँच हजार छुटको व्यवस्था गरिएको सञ्चालकले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

त्यस्तै इलेक्ट्रोनिक्स सामानमा १० प्रतिशत र पेय पदार्थमा ५ प्रतिशत र दैनिक उपभोग्य सामानमा ५ देखि १५ प्रतिशतसम्मको छूट दिइनेछ ।

दुई हजार भन्दा माथिको सामाग्री खरिद गर्ने पहिलो एक हजार ग्राहकहरुलाई होलीको टिसर्ट निशुल्क रुपमा प्रदान गरिनेछ ।