भारतबाट १९ करोडको होली सामाग्री आयात

यज्ञ अधिकारी
रंगेली २२, फागुन । होलीमा प्रयोग हुने सामग्रीहरू विराटनगर भन्सारबाट यस वर्ष १८ करोड ५९ लाख मूल्य बराबरको आयात भएको छ ।

होलीमा प्रयोग हुन विभिन्न रंग, अबिर, केसरी, बेलुन, पिच्कारीलगायतका सामान उक्त मूल्य बराबरको आयात भएको हो ।

यस आर्थिक वर्षको माघ महिनासम्ममा सुख्खा रंग, अबिर, केसरी १६ करोड, ९५ लाख ३६ हजारको ६० लाख ३५ हजार केजी आयात भएको छ ।

त्यसैगरी होलीमा प्रयोग हुने बेलुन, लोलालगायतका सामानहरू ४२ लाख ९६ हजारको १२ हजार ९ सय ७२ किलो आयात भएको छ ।

त्यसैगरी प्लाष्टिकका फूलहरू ९८ लाख २८ हजारको ४७ हजार २ सय ४५ केजी अयात भएको छ ।

त्यसैगरी होलीमा पिच्कारी, माक्स जस्ता विभिन्न सामाग्री पछिल्लो समयमा प्रयोग बढ्दो छ ।

युवा पुस्ताले यस्ता माक्सलगायतका सामग्री बढी प्रयोग गर्न थालेका छन् । सँगै टल्कने खालका विभिन्न रंगहरूको प्रयोग गर्ने गरेका छन् ।

मनोरञ्जनका सामानहरू २२ लाख ७२ हजारको ३ लाख २८ हजार ७ सय किलो आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षको माघ महिनासम्म होलीमा प्रयोग हुने सामानहरू २१ करोड ६५ लाख मूल्य बराबरको आयात भएको थियो ।

Loading...