मिस वर्ल्ड टोनीको लागि आठौं विदेश भ्रमण : नेपाल

काठमाडौं, २२ फागुन । मिस वर्ल्डका ताज पहिरिएपछि सात देशहरूमा सफल भ्रमण गरिसकेकी, जमैकाकी मिस वर्ल्ड २०१९ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् ।

उनी मिस वर्ल्ड नेपाल २०१९ अनुष्का श्रेष्ठको ब्यूटी विथ प्रपोज परियोजनाको समर्थनमा नेपाल आएकी हुन् ।

गत वर्ष सम्पत्र मिस वर्ल्ड २०१९ मा ब्यूटी विथ प्रपोजको अवार्ड नेपालकी अनुष्का श्रेष्ठ जितेकी थिइन् ।

टोनी मिस वर्ल्ड संगठनकी अध्यक्ष जुलिया मोर्लीसँग आज नेपाल आइपुगेकी हुन् ।

मिस वर्ल्ड संगठनबाट आधिकारिक पुष्टि नभए पनि टोनीले आफ्नो सामाजिक सञ्जालको स्टोरीमा नेपाल आउन लागेको जानकारी यसअघि नै दिइसकेकी थिइन् ।

टोनी सम्मेलित टोलीले मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको मात्र नभइ २०१८ कि मिस नेपाल र मिस वर्ल्ड २०१८ की ब्यूटी विथ प्रपोजकी विजेता शृङ्खला खतिवडाको परियोजनाको भ्रमणसमेत गर्नेछन् ।

नेपाल आउनुअघि इङ्गल्यान्ड, जमैका भ्रमण गरिसकेकी थिइन् ।

त्यसलगत्तै दक्षिण अफ्रिकाका नेता नेल्सन मन्डेलाका जेठा नातीका अनुरोधमा उनकी आमाको ७०औं जन्मदिनमा आयोजित कार्यक्रममा विशेष अतिथिको रूपमा उनी दक्षिण अफ्रिका पुगेकी थिइन् ।

त्यसबखत ब्यूटी विथ प्रपोजकै उद्देश्यअनुरुप स्थानीय विद्यालय र बच्चाहरूको निम्ति निरन्तर सहयोग अभियानका लागि १३ सय जोडी जुत्तासमेत सहयोग गरिन् ।

मिस वर्ल्ड २०१९ ले मोरिशसलाई पर्यटन गन्तव्यको रूपमा विश्वमाझ प्रवर्द्धन गर्न मोरिशसको भ्रमण गरिन् ।

पर्यटकीयस्थल टेरेस डी सेप्ट कूलर भ्रमण गर्नुअघि टोनी ला गाउलेट प्राथमिक सरकारी विद्यालय पनि गइन् ।

टोनीले त्यसपछि मिस वर्ल्ड इन्डोनेसिया २०२० को फिनालेमा सहभागी हुन इन्डोनेसियाको भ्रमण गरिन् ।

नेपाल आउनुअघि टोनीले अमेरिका भ्रमण गरिन्, शिकागो गइन् अन्तर्वार्ता र व्यक्तिगत प्रस्तुति गरिन् ।

नेपालले मिस वर्ल्डमा बलियो उपस्थिति प्रस्तुत गरिरहेको छ ।

२०१८ र २०१९ गरी मिस वर्ल्डमा लगातार ब्युटी विथ द प्रपोजको उपाधि जितेको नेपालले अहिलेसम्म मिस वर्ल्र्डको उपाधि भने जित्न सकेको छैन ।

Loading...