नेपाल आइपुगिन् ‘मिस वर्ल्ड’ २०१९ टोनी एन सिंह

विराटनगर, २२ फागुन । ‘मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह नेपाल आइपुगेकी छन् । टोनी बिहीबार बिहान नेपाल आइपुगेकी हुन् ।

मिस वर्ल्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्ली नेतृत्वको टोनी नेपाल आइपुगेकी हुन् ।

मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरको समन्वयमा टोनी भोलि सिन्धुपाल्चोकको हेलम्बु जाने छिन् ।

उनी हेलम्बुको ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँ जाने भएकी हुन् ।

सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो ।

उक्त प्रोजेक्ट हेर्नका लागि टोनी नेपाल आएकी हुन् ।

साथै, सन् २०२० को ‘मिस वर्ल्ड’ प्रतियोगिताको फाइनल कार्यक्रम नेपालमा गर्न अध्ययन हुँदैछ ।

Loading...